बेचन झाविरुद्ध चार मुद्दा दायर

| 2024 Aug 14 | 12:00 pm 357

काठमाडौँ ३०साउन / भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।

बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए ।

साथै, अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए । तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन् ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो । अदालतमा दायर अभियोगमा नागरिकताबारे विवरण समावेश छैन । त्यसबारे छुट्टै अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.