काठमाडौंमा भुकम्पको ठूलो धक्का

रिपोर्ट नेपाल | 2020 Sep 16 | 05:41 am 2558

काठमाडौं, भदौ ३१ः बुधबार बिहानै काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

धेरै मानिसहरू घरबाट बाहिरसमेत निस्केकाे थिए । भूकम्पबाट भएकाे क्षतीकाे भने विस्तृत विवरण बाँकी नै रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.