बुधबार गजुर राखिएको धरहराको शनिबार उद्घाटन हुँदै

| 2021 Apr 22 | 09:38 am 441

काठमाडौं बैशाख ९: २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण पछि निर्मित नयाँ धरहराको २२ तलामाथि सुनको जलप लगाईएको गजुर राखिएको छ । भुकम्प गएको एकदिन अगाडी बैशाख ११ गते उद्घाटन गर्ने तयारीका साथ् हिजो बुधबार नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।

तीनसय तिसकिलो तौल रहेको गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । ९५ तोला तीन लाल सुनको गजुरले धरहराको आकर्षण बढाएको छ भने २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।

आगामी २५ डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न गर्नका लागि म्याद थप गरिएको छ । त्यो समयभित्र निर्माण सम्पन्न हुने हो भने पनि सबै दृश्य अवलोकन गर्न सर्वसाधारणले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

सरकारले धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालयसम्मको जग्गामा पार्किङ, बगैंचालगायत संरचनना गरेर पुनर्निर्माण गरिरहेको छ । भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने अझै सम्म सकिएको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.