बुधबारको हावाहुरीले गुल्मीका विभिन्न ठाउँमा क्षति

रिपोर्ट नेपाल | 2019 May 02 | 07:09 pm 2101

गुल्मी, वैशाख १९: बुधबार आएको हावाहुरीका कारण गुल्मीका विभिन्न ठाउँहरुमा क्षति पुगेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको जीवनोद्धार माध्यमिक विद्यालयको जस्तापाता पुरै उढाइदिएको छ ।

मंगलबारबाट सुरु भएको प्रथम कालिगण्डकी महोत्सवको स्टेज लगायत जस्ता पाता र टेन्टहरु उढाएर च्यातिदिएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी साहयक निरीक्षक खिमानन्द खनालले जाकारी दिए । खनालका अनुसार विद्यालयको जस्ता उढाईदिदा करिब दूई लाख बराबर र महोत्समा करिब तीन लाख जतिको क्षति पुगेको जानकारी दिए ।

यसै गरी हावाहुरीका काराण कालिगण्डकी गाउँपालिका वडा नं ६ खडकोटमा बिजुलीको तार सर्ट हुँदा स्थानीय होम बहादुर थापाको कच्चीघर र गोठ जलेर पुरै नष्ट भएको छ भने स्थानीय डिल बहादुर थापको कच्ची गोठ जलेर पुरै नष्ट भएको छ ।

गोठ जल्दा तीन वटा भैसी र एउटा बाख्रा जलेर पुरै नष्ट भएको भुर्तुङ प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक बिष्णु बहादुर गाहाले जानकारी दिए । गाहाका अनुसार डिल बहादुर थापाको करिब तीन लाख रुपैया बराबरको क्षति भएको र हुम बहादुर थापाको दूई लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन् ।

यस्तै कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरमा टेकन सिंजालीको गोठ हावाहुरीकै कारण ढलेको प्रहरी चौकी पुर्तिघाटले जनाएको छ । उक्त स्थान सदरमुकादेखि विकटस्थानमा रहेले र संचारले काम नगरेका कारण जानकारी आउन ढिला भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.