काठमाडौं, १५ असार : आज देखि बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हरेक सोमबार र शुक्रबार काठमाडौँदेखि बनारससम्म नियमित उडान हुने बताएका छन्् ।
योभन्दा अगाडि महिनामा दुईओटामात्र उडान गर्ने गरेको काठमाडौँदेखि बनारस उडान सेवा अब महिनामा ८ ओटा हुनेछ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उडानको उद्घाटन गर्दे बुद्ध एयरको नयाँ उडानले नेपाल—भारतबीच अझ पर्यटनको विकासमा टेवा पुग्ने बताए ।
नेपाल भारतको धार्मिक पर्यटनको लागि निकै नजिकको छिमेकी राष्ट्र भएको कारण काठमाडौँ—वाराणसी उडान भर्नु नेपालको लागि खुशीको कुरा भएको मन्त्री अधिकारीको भनाई छ ।