बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ 

| 2021 Jul 12 | 07:04 pm 2537

रामेछाप, असार २८ः जिल्लाको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ्ग, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ्ग रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।

२ सय ४७ के.जी. गाँजासहित ट्रक बरामद
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट साेमबार सशस्त्र प्रहरीले करीव २ सय ४७ के.जी. गाँजासहित एचआर ५५ एम २२९० नम्बरकोे ट्रक बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई टिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

चाँदीको गहना बरामद 
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.