बुढीगंगा नदीले साफे–मार्तडी सडकको बेलिब्रिज बगायो

रिपोर्ट नेपाल | 2020 Aug 10 | 11:11 am 1960

बाजुरा, साउन २६ः आइतवारराति देखि परेको अबिरल बर्षसँगै आएको बाढीले बुढिगंगा नदिमा रहेको साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको छ ।

साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिमा बनाएको बेलिबिज्र बर्षाले बगाएको र अब सदरमुकाम आवत–जावत गर्ने बाटो नै ठप्प भएको प्रहरीले जनाएको छ । अहिले बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुराको सडकमा यो बर्ष बाढीले निकै क्षेती पुर्याएको छ ।

नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापकलगायत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षति भएको छ । उद्दार टोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरु बगाएका छन् । साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् । दशकौं पछि बुडीगंगा नदिमा यतिठुलो बाढि आएको स्थानीयको भनाई छ ।

ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनी सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.