बीमाको रकम रोकिंदा बिरामीको उपचार प्रभावित

| 2024 Oct 02 | 08:41 am 821

काठमाडौँ, आश्विन १६ / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङका अनुसार संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको जनाएको छ ।

संघीय सरकारले प्रतिष्ठानलाई बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाएको छ ।

सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.