बीपी राजमार्गमा ठूला सवारी चलाउन पाउने

रिपोर्ट नेपाल | 2018 May 31 | 01:48 pm 2078

सिन्धुली  १७ जेठ :  बीपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिने निर्णय गरेको छ । यातायात व्यवस्था विभागलेबढी ठूला सवारी साधनलाई बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको हो।

विभागलेभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशपछि सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको हो।

अब ३२ सिट भएको सवारीलाई बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने छ । विभागले मालवाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरी चल्न दिने निर्णय गरेको छ। मालवाहक सवारीलाई राती ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अनुमति दिएको छ।

यसअघि यातायात व्यवस्था विभागले गत मंसिर १९ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी १८ सिट भन्दा बढी क्षमता भएका यात्रुवाहक सवारी साधनलाई बीपी राजमार्गमा सञ्चालन गर्न रोक्न भनेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.