बीपी राजमार्गमा ठूला भारबाहक सवारी सञ्चालन माग गर्दै व्यवसायीहरु आन्दोलित

| 2018 Jun 12 | 04:11 pm 3351

रामेछाप, २९ जेठ : बीपी राजमार्गमा ठूला भारबाहक सवारी सञ्चालनमा सर्वौच्चले रोक लगाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । बीपी राजमार्गमा १० टनभन्दा माथिका मालबाहक र १८ सिट भन्दा माथिका यात्रुबाहक यातायातका साधन सञ्चालनको माग गर्दै व्यवसायीहरुले आन्दोलित भएका हुन् ।

मंगलबार रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका सबै व्यवसायीले टाउकोमा कालोपट्टी बाँधेर विरोधमा निस्किएका छन् । विभिन्न माग राखिएका प्ले कार्ड सहित विरोध र्‍यालिमा निस्किएका व्यवसायीहरुले सर्वोच्चको आदेश पुनारावलोकनको माग गरेका छन् ।

व्यवसायीहरुले समस्या सुल्झाउनका लागि दबाब दिन साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक समेत गरेका छन् । उनीहरुले व्यवसाय बन्द गर्ने, मोटरसाइकलमा मालसामान राखेर ढुवानी गर्ने, ९ थुन्से ० मा सामान बोकेर बजार परिक्रमा गर्ने र असार २ गते सिढी जुलुस गर्ने निर्णय समेत गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासले जेठ २१ गते बीपी राजमार्गमा ठूला सवारीका साधन सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि तराई हुँदै रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुलीकै महाभारत उत्तरतर्फको क्षेत्रमा ढुवानी र आवागमन प्राय ठप्प छ । तराईबाट पहाड जोडिने अर्को वैकल्पिक मार्ग छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.