बिहे गरेर अमेरिका लैजाने आश्वासन देखाई ठगी गर्ने दुई युवती प्रहरी फन्दामा

रिपोर्ट नेपाल | 2020 Jul 26 | 04:33 pm 2080

काठमाडौं, साउन ११ साउनः आफूहरुलाई डिभी परेको भनि बिहे गरेर अमेरिका लैजाने भन्दै आश्वासन देखाई ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखको प्ररम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाएको खुलेको छ ।

उनीहरुमध्ये कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको पीडितलाई बताउने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.