बिहेको भोजमा मासु खाने क्रममा घाँटीमा अड्किएर मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 23 | 03:01 pm 4871

नुवाकोट,  ९ असार :  बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ।

आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.