बिष्फोटक पदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 23 | 07:03 pm 1611

बारा, माघ ९: बिष्फोटक पदार्थ मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका वडा नं ५ का देवेन्द्र यादव रहेका छन् ।

उनललाई सम्मानित बारा जिल्ला अदालतको २०६६ पुस १६ गतेको फैसला आदेशले बिष्फोटक पदार्थ मुद्दामा ७ सय जरिवना ठहर गरेको थियो ।

फरार रहेका यादवलाई इलाक प्रहरी कार्यालय कवही गोठ बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजले जरिवाना भुक्तान गरी छुटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.