बिष्णुपुर गाउँपालिकाको अनियमितताको विरुद्धमा प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Nov 13 | 03:47 pm 1710

सिरहा, कात्तिक २८ः सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै स्थानीयले जुलुस निकालेर प्रदर्शन गरेका छन् ।

जुलुसपछि कोणसभामा बोल्दै वडा १ का वडाअध्यक्ष गोपिन्द्र यादवले गाउँपालिका अध्यक्ष जागेश्वर यादबको तानाशाहीले गाउँपालिकाको अस्तित्वमाथी नै खतरा रहेको बताएका थिए ।

उनका अनुसार वडा १ मा १६ वटा सार्बजनिक पोखरी छन् जुन वडा अध्यक्ष समेतलाई जानकारी नदिई नाटकीय ढंगले ठेक्कामा दिईएको छ । कार्यकर्ता पालनको निम्ति सरकारी ढुकुटी सकाउदै गाउँपालिका अध्यक्ष यादव मोजमस्तीमा लागेको बताएका छन् ।

त्यसैगरी स्थानीय एक युवा नेता संतोष यादवले भने ुबिभिन्न विकास निर्माणको कार्य देखि लिएर कर्मचारी भर्ना, शिक्षक भर्नाको नाममा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले गाउँपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.