वीरगन्ज, कार्तिक १७। पर्सा प्रहरीले बिल बिजक भन्दा बढी बोकेको सामानहरु पक्राउ गरेको छ। प्रहरीले बिलबिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको ट्रकलाई सामान सहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सूचनाको आधारमा गण्डकचोक स्थित सडक खण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट कास्कीतर्फ जादै गरेको ना३ख ५५७६नम्बरको मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक संकास्पद देखिएपछि समान सहितको ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकमा औषधी तथा खुद्रा सामानहरु करिब ९९ लाख ६९हजार ९३ रुपैया बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
पक्राउ परेको औषधी तथा खुद्रा सामानहरु सहित ट्रकलाई अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको एसपी शाहले बताए ।