बिमिस्टेक मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन

रिपोर्ट नेपाल | 2021 Apr 02 | 07:12 am 1773

काठमाडौं, चैत २०ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमिस्टेक) सदस्य मुलुकको १७औं परराष्ट्रमन्त्री स्तरीय बैठकमा म्यान्मामा भएको नरसंहार विषयमा कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले कुरै नउठाएका हुन् ।

बिमिस्टेक अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः पा“चौं शिखर सम्मेलन तयारीबारे छलफल भएको छ । सम्मेलन यसै वर्ष नोभेम्बरमा गर्ने तयारी छ ।

श्रीलंकाको आयोजनामा भएको भर्चुअल बैठकमा विशेषगरी आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमिस्टेक सम्मेलन, कोलम्बो, श्रीलंकामा बिमिस्टेक टेक्नोलोजी ट्रान्सफर सुविधा (टीटीएफ) स्थापना र बिमिस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोग आदानप्रदान विषयमा छलफल भएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरिबी र भोकमरीविरुद्ध लड्ने, रोजगारी सुनिश्चितता र जनजीविका दिगो स्रोत विषयमा धारणा राखेका छन् । गतिशील अवस्थामा मात्रै बिमिस्टेकले विकास र समृद्धिलाई जोड दिन सक्ने उनले बताए । एलएलडीसी विशेष आवश्यकता ध्यानमा राखी जोड, ऊर्जा, व्यापार, लगानी, पर्यटन, र कृषि क्षेत्रतर्फ आकर्षित हुनुपर्नेमा समेत ज्ञवालीले जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.