तनहुँ, पुस २६ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा १९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
ती मध्ये सार्वजनिक अपराध मुद्दामा फरार रहेका ९ जना, लुटपिट मुद्दामा फरार रहेका २ जना, गाली व्यईज्यती मुद्दामा फरार रहेका २ जना,
दुनियाबादी फौजदारी मुद्दामा फरार रहेका १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका १ जना, बिष्फोटक पदार्थ मुद्दामा फरार रहेका १ जना, चोरी मुद्दामा फरार रहेका १ जना अंशवंण्डा मुद्दामा फरार रहेका १ जना र सवारी ज्यान मुद्दामा फरार रहेका १ जना गरी जम्मा १९ जना रहेका छन् ।
उनीहरूलाई यही पुस महिनाको १ गतेदेखी २५ गतेसम्म बिभिन्न मितिमा पक्राउ गरी तोकिएको जम्मा २ महिना ३ दिन कैद र रु.५५ हजार ५ सय १ जरिवाना भुक्तानको लागि सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको बताइएकाे छ ।