बिभिन्न किसिमका अबैध सामान नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Apr 27 | 06:44 pm 1777

कञ्चनपुर, बैशाख १५ः जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.