माेरङ, माघ ८ः बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङले बिनाबिलको एक हजार एक सय लिटर डिजेल बरामद गरेको गरी दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नरेश सहनी र सुनसरी साहेबगञ्जका सुरज साहलाई पक्राउ गरेका छन् ।
विगत केही दिनदेखि नेपालबाट डिजेल भारततर्फ तस्करी भइरहेको छ भन्ने सूचना प्राप्त भएकाेले प्रहरी यसतर्फ निगरानी बढाएकाे थियो ।
उक्त परिमाणकाे डिजेल विराटनगर महानगरपालिका वडा नं ११ स्थित केशलिया सडक खण्डमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डिजेल बोकेको सिटी रिक्सा एक थान, मोटरसाइकल चार थानसमेत बरामद गरेकाे छ ।
यसैगरी भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली चार वटा साइकलमा ल्याइरहेको ७२ वटा ब्रोइलर कुखुरासहित चार जनालाई प्रहरीले आजै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।