बिग ब्यासमा कहिले छ सन्दिपको टिमको खेल ?

रिपोर्ट नेपाल | 2018 Dec 20 | 12:58 pm 1757

काठमाडौं, पुस ५ : अस्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिगको आठौँ संस्करण बुधबारदेखि सुरु भएको छ। प्रतियोगिता २०१९ फेब्रुअरी १७ तारिकसम्म चल्‍नेछ। प्रतियोगिताको उद्घाटन खेलमा एडलेड स्ट्राइकर्सले ब्रिसबेन हिट्सलाई ५ विकेटले पराजित गरेको छ।

बिग ब्यास लिगमा नेपाली गुग्लि ब्वाई सन्दिप लामिछानेले पनि सहभागिता जनाउँदै छन्। सन्दिपलाई ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सले नोभेम्बर महिनामा आफ्नो टिममा अनुबन्धन गरेको थियो। लिग खेल्न सन्दिप काठमाण्डौमा चलिरहेको एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको लागि सुरुवाती २ खेल खेलेर अघिल्लो हप्ता अस्ट्रेलिया पुगीसकेका छन्।

मेलबर्न स्टार्सको टिम

ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा रहेका छन्।

यहि डिसेम्बर १९ तारिख देखि आयोजना हुन लागेको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा ब्रिसबेन हिट र एडलेड स्ट्राईकर खेल्ने छन्। मेलबर्न स्टार्सले भने आफ्नो पहिलो खेलमा डिसेम्बर २१ मा सिड्नी थन्डरसँग उसकै घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ। त्यसपछि २४ तारिकमा होबार्ट हरिकेन्ससंग तथा २७ तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ।

डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५९ वटा खेल हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.