बास्कोटाको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी डा खतिवडालाई

| 2020 Feb 20 | 07:11 pm 2098

काठमाडौं, फागुन ८ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।

राजीनामा स्वीकृत भएलगत्तै उक्त मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवाडालाई दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवाडालाई संचार मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि बाँस्कोटाले राजीनामा दिएका थिए।

त्यस्तै, यसअघि बाँस्कोटाले नै जिम्मेवारी सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङलाई तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.