तनहुँ, असार २५ः बाल बिवाह गराइरहेको अवस्थामा बिवाहको मण्डपबाट बिवाह गर्ने गराउनेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला गोरखा सहिद लखन गाउँपालिका वडा नं २ का २३ वर्षीय सन्तोष अर्याल बेहुलाको पोशाकमा, १४ वर्षीया नाबालिका बेहुली, बेहुलाको बाबु, बेहुलीको बावु र पण्डित रहेका छन् ।
बुधबार दिउँसो जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं ११ मा उमेर नपुगेकी १४ वर्षीया नाबालिकाको विधिवत रुपमा बालबिबाह हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा जिप्रका कार्यलयबाट खटिएको प्रहरी अधिकृत सहितको टोली गई बुझेको थियो ।
बुझ्दा विधिवत तवरबाट बिबाह मण्डप, जगिया तयार गरी उक्त जगियामा बेहुला बेहुलीको पोशाकमा सजिई घुम्टो ओढी, सिउँदोमा सिन्दुर समेत हाली बिवाह सम्पन्न भई बेहुली अन्माउने अवस्थामा फेला पारी ५ जनालाई तत्काल पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम रितपुर्वक पक्राउ गरी बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।