बालोन डि’ओर–२०१९ : दाबेदारहरूको ‘नयाँ र्‍याङकिङ’ सार्वजनिक, कसको स्थान कहाँ ?

रिपोर्ट नेपाल | 2019 Jul 19 | 04:21 pm 1660

एजेन्सी, साउन ३ : सन् २०१९ को प्रतिष्ठित बालोन डि‘ओर अवार्ड कसले जित्ला ? सबैले आ–आफ्नै भविष्यवाणी गरिरहेका छन् । यसपटक इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक, स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी, इटालियन युभेन्टसका पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ ।

तर, मेस्सीको टिम अर्जेन्टिनी कोपा अमेरिकामा हारेपछि र मेस्सीले प्रतियोगितामा खराब प्रदर्शन गरेपछि उनको दाबेदारी निकै कमजोर बनेको विश्लेषकहरू बताउँछन् । यता, इंग्लिस क्लब लिभरपुल तथा ब्राजिलका गोलरक्षक एलिसन बेकर पनि पछिल्लो समय बलियो दाबेदारीमा आएका छन् ।

यसैक्रममा हालै २०१९ को बालोन डि‘ओरका दाबेदाहरूको नयाँ सूची सार्वजनिक भएको छ । जसमा भान डाइक नै अगाडि छन् । उनले लगातार मेस्सीलाई पछि पार्दै आएका छन् । यस्तो छ सूची :

भर्जिल भान डाइक (लिभरपुल–नेदरल्यान्ड्स)
लिओनल मेस्सी (बार्सिलोना–अर्जेन्टिना)
मोहमद सालाह (लिभरपुल–इजिप्ट)
एलिसन बेकर (लिभरपुल–ब्राजिल)
क्रिस्टियानो रोनाल्डो (युभेन्टस–पोर्चुगल)
साडियो माने (लिभरपुल–सेनेगल)
केलियन एमबाप्पे (पिएसजी–फ्रान्स)
रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी–इंग्ल्यान्ड)
एन्टोनी ग्रीजम्यान (बार्सिलोना–फ्रान्स)
ह्यारी केन (टोटनह्याम–इंग्ल्यान्ड)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.