काठमाडौं, मंसिर २०: बालुवाटारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चल्ने सवारी साधनहरु बिहीबार बिहान दुर्इतर्फ अवरोध हुने भएका छन्।
महानगरीय ट्राफिक प्रहरी मशाशाखाको सूचना अनुसार अबको केहि समयमा विषेश कारणवश एयरपोर्ट, सुचना बिभाग, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्सेचोक, नक्सालभगवती, छातेगणेश,भाटभटेनी, इटालियन राजदुताबास ,बालुवाटार, शिवपुरी कलेज र एकेडेमी मोड हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित हुनेछन्।
महाशाखाले उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।
आज बलाचतुर्दशी भएकोले पशुपतिमा शतबीज छर्नेहरुको भिडभाड बढ्ने भएकोले यातायात प्रभावित हुने ट्राफिक महाशाखाले जनाएको छ।