गुल्मी, साउन १२ः गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा इश्मा गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय भूपाल अधिकारी रहेका छन् ।
उनले बालिकालाई साउन १० गते साँझ ७ बजे जबरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
अधिकारीले बालिका फुपूको घरमा गएको समयमा ललाई फकाई एकान्तमा लगेर जवरजस्ती करणी गरी फरार बनेका थिए । उजुरीपछि आरोपितलाई प्रहरीले पक्राउ गरेको हाे ।