काठमाडौं, १५ असार : घरमा कोही नभएको मौका पारेर ललाई-फकाई आफ्नै कोठामा लगी बालिका बलात्कार गर्ने एक पक्राउ परेका छन् । स्थाइ घर बिराटनगर उपमहानगरपालिका–२ भएका ज्योति श्रेष्ठ पक्राउ परेका हुन् ।
श्रेष्ठलाई गौशला प्रहरी यही असार ८ गते काठमाडौंको गुह्यश्वरीबाट पक्राउ गरेको हो । उनले विगत पाँच वर्षदेखि एक अपरिचित महिलालाई ‘दिदी’ नाता लगाउँदै आएका थिए । श्रेष्ठले असार २ गते विहान उनकै १६ वर्षीया छोरीलाई आफ्नै डेरामा बोलाएर बलात्कार गरेको प्रहरी वृत गौशालाले जनाएको छ ।
श्रेष्ठले पीडित युवतीलाई ललाई फकाई गरेर बलात्कार गरेको र बलात्कारपछि आमालाई भनेमा ज्यान मार्ने धम्की समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्तलाई जबर्जस्ती करणी मुद्धामा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।