रामेछाप, भदौ २९: रामेछाप नगरपालिका–७ रजरगाँउ बस्ने ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रड प्रहारबाट मृत्यु भएको छ । जंगलमा घाँस काट्न जाने क्रममा श्रेष्ठले पछाडीबाट आफूलाई समातेको भन्दै सोही ठाउँ बस्ने १३ वर्षीया बालिकाले फलामको रड प्रहार गरेको र प्रहारबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।