काठमाडौँ, भदाै ४ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका २ सय २१ नाबालक बन्दी मध्ये ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर एरीयाबाट पक्राउ गरेको छ । भक्तपुरबाट फरार भई काठमाडाैंतर्फ आइरहेका उनीहरुलाई कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।