पाल्पा, साउन १४ः बालयौन दुरुचारकाे आरोपमा प्रहरीले ६२ वर्षीय बृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंह रहेका छन् ।
स्थानीय नावालिकालाई उनले बाल यौन दुरुपयोग गरेका उजुरी परेको छ । उनी माथि थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।