काठमाडौं, माघ ६ : काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित रविभवनबाट बालयौन दुराचारीको अभियोगमा त्यहीं भवनमा अपार्टमेन्ट लिई बस्ने बेलायती नागरिक ५० वर्षीय इयान रोबर्ट कोललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली बालकहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा समेत पारी बालयौन दुराचार (pedophilia) गरी गराइ पिडीत बनाउने गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी टोलीले रोबर्ट र उक्त कार्यमा सहयोग गर्ने २ जना नेपाली समेत लाई पक्राउ गरेको छ ।
रोबर्टको अपार्टमेन्टबाट ३ जना नेपाली पिडित बालकहरु समेतलाई उद्दार गरिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।