काठमाडौं, वैशाख १२ : सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाखभन्दा बढी बजेट नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय गरेको जानकारी दिए।