बारा प्रहरीद्वारा चाँदीको५३ तोला गरगहना सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Jan 25 | 02:22 pm 657

बारा, माघ ११। बारा प्रहरीले चाँदीको गरगहना सहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले चाँदीको गरगहना सहित सुनसरी धरानका गुणराज बिक र इटहरी ३ बस्ने बद्री बिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको प्रहरी चौकी पथलैयाबाट जितपुर सिमरा उमनपा वडा नम्बर १ पथलैयामा खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको बा-प्र०२-०२७प१८५१नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा फर्जी बिल १ लाख १३ हजार १ सय ७० रुपैया बराबरको ५३ तोला चाँदीको गहना सहित नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

प्रहरीले चाँदीको लकेट २२थान, औठी३३थान,मंगलसूत्र १८ थान,कानको टप२६ थान, गणेश लकेट ७० थान गरि ५३ तोला सहित २ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको बारा प्रहरीका प्रमुख सुरेश काफ्लेले जनकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.