काठमाडौं, चैत्र २० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संठन नेपाल विद्यार्थी संघले बारा– पर्सामा आएकाे आँधीबाट प्रभावितलाई राहत वितरण गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल नेतृत्वमा नेविसंघ टोलीले प्रभावित क्षेत्रका २ यस ५० घरधुरीलाई राहत वितरण गरेको हो ।
बाराको सुबर्ण गाउँपालिकाका प्रभावतिलाई दैनिक जीविकोपार्जनको लागि म्याट, झुल, बाल्टी, टर्चलाइट लगायतका सामाग्री वितरण गरेका नेविसंघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट त्यहाँ पुगेको पौडेलसहित पूर्व महामन्त्री कुन्दन काफ्लेलगायतको टोली पीडितका लागि अस्थायी टहरा समेत निर्माणमा जुट्नेछ ।