बारा घटनाका दाेषीप्रति नेपाली कांग्रेसद्वारा कारवाहीको माग

रिपोर्ट नेपाल | 2023 Jul 23 | 04:02 pm 2161

काठमाडौं, साउन ७ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिव एवं सामाजिक अभियन्ता भैयाराम प्रसाद यादव र नेकपा एसका उपसचिव ध्रुब यादव माथी जिल्ला प्रहरी कार्यालय भित्र गरीएको कुटपिट प्रति नेपाली कांग्रेसले निन्दा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा सवारी साधन दुर्घटनाको विषयमा सहजिकरण गर्न जाँदा श्रावण २ गते सुरक्षाकर्मीले उनीहरुमाथि गरेको दुर्व्यवहार र निर्घात कुटपिट पछि उत्पन्न आन्दोलन पश्चात पनि दोषीमाथि कार्वाही नभएको घटनाप्रति ध्यानाकृष्ट भएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तीमा सामाजिक अभियन्ता माथि भएको यो दुर्व्यवहारको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ उल्लेख गरिएको छ ।वक्तव्यमा घटनाको यथार्थ छानविन गरी संलग्न दोषीलाई कानूनी कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.