बारा, पुस ९ः बारामा एक जना भारतीय नागरिकको गोली लागि हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्वर २ भुतही पुलमा भारत बिहार छौडादानोका ४५ वर्षीय शिव पूजन यादवलाई गोली लागि मृत्यु भएको हो ।
आफन्तको घरमा आएका यादव चिया खानको लागि भुतही पुल नजिक होटलमा बसी रहेको बेला भारतिय नम्वरको मोटरसाइकलमा बसेर आएका दुई जनाले गोली हानी फरार भएको प्रत्यक्षदर्शी बताउछन । यादवलाई छातीको बाया साइडमा गोली हानेर हत्याराहरू फरार भएका थिए ।
प्रहरीको सिमानाकामा सुरक्षाको बावजुद नेपालमा भारतीय मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्ति नेपाल प्रवेश गरि हत्या गरि फरार हुनुले जिल्लाको शान्ति सुरक्षाको सजिलो आकलन गर्न सकिन्छ ।
सुरक्षाको दृष्टिकोणले प्रहरीले लगाएको सिसिटिभी क्यामरा नाम मात्रको रहेको नागरिक समाजका अध्यक्ष उमेशलाल दाश बताउँछन् । अपराध नियन्त्रण गर्नको लागि जडान गरिएको सिसिटिभी क्यामरा सुचारु अवस्थामा रहेको भए अपराधीलाई सजिलै पहिचान गरि पक्राउ गर्न सकिने दाशले बताए ।
प्रहरी उपरिक्षक होविन्द्र बोगटीले हत्या भएका यादवसमेत भारतबाट विभिन्न मुद्दामा फरार अभियुक्त रहेको जानकारी गराएका छन् । सिमानाकामा कडा सुरक्षाको बावजुद दिन दहाडै हत्या कसरी भयो सन्दर्भमा भारतीय पुलिससंग समन्वय गरि छानविन भईरहेको बताए । राजधानी दैनिकबाट