बाराको कोल्हवीबाट करीव १ सय ६८ के.जी. गाँजा बरामद

| 2023 Jul 07 | 11:25 am 2061

बारा, असार २१ । कोल्हवी नगरपालिका ५ स्थित सोनाभारबाट करीव १ सय ६८ के.जी. गाँजा बरामद भएको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक गरेर राखिएको गाँजा बरामद गरेको हो ।

गाँजा ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको छ भने घर धनी जितेन्द्र चौधरी फरार रहेको जनाइएको छ ।

यसैगरी बारा जिल्लाकै निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको छ ।

महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो । बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीद्वारा विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.