बाराको अमलेखगञ्ज डिपोमा इन्धन आपूर्ति रोकियो

रिपोर्ट नेपाल | 2018 Jun 03 | 04:09 pm 3472

बारा २० जेठ :  ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि बाराको अमलेखगञ्ज डिपोमा इन्धन आपूर्ति रोकिएको छ । भारतीय प्रहरीले रक्सौलमा विना कारण कुटपिट गरेको भन्दै ट्यांकर चालक आन्दोलित भएपछि इन्धन ढुवानी रोकिएको हो ।

अमलेखगञ्ज डिपोमा धर्ना दिएका चालकले सुरक्षित महशुस नभएसम्म इन्धन ढुवानी नगर्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले भने औपचारिक माग नआएपनि वार्ता गरी इन्धन ढुवानी निरन्तर गर्ने प्रयास भइरहेको जनाएको छ ।

भारतीय प्रहरीले अनावश्यक दुःख दिने गरेको भन्दै रक्सौल नाकाबाट इन्धन ढुवानी गर्ने चालक बारम्बार आन्दोलित हुने गरेका छन् । धेरै आयत हुने यो नाकाबाट केही दिन इन्धन आपूर्ति रोकिए अभाव हुने सक्ने निगमको क्षेत्रीय कार्यालय अमलेखगन्जले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.