बाराका एसपी काफ्ले लागूऔषध तस्करीको संजाल तोड्दै ; ३५ किलो चरेश सहित २ जना भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 16 | 07:44 am 1117

वीरगन्ज ,फागुन ४।  बाराको अम्लेखगञ्जबाट ३५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजीरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको ईलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जमा खटिएको प्रहरीटोलीले चितवनबाट भारततर्फ जादे गरेको ३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागि रोकी चेक जाँच गर्ने क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।प्रहरीले खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको एसपी काफ्लेले बताए।

पक्राउ परेका अलि र अफजाललाई लागूऔषध कसूरमा मुद्दा चलाउने तयारी भईरहेको बाराका एसपी काफ्ले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.