बानेश्वर प्रहरीले गर्‍यो रत्नमा समिति गठन

| 2018 Nov 20 | 04:24 pm 3218

काठमाडौं, मंसिर ४ :  महानगरीय प्रहरी नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले एक्काइसौं शताब्दीको प्रहरी मसलले नभएर मस्तिकले चल्ने बताएका छन् ।

नायब उपरीक्षक काफ्लेले मंगलबार रत्नराज्य उच्च माध्यमिक विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समितिको गठन कार्यक्रममा उक्त कुरा बताएका हुन् । विगतमा प्रहरीलाई देख्दा नागरिक त्रसित हुने प्रवृत्तीलाई निर्मुल पार्नका लागि नेपाल प्रहरीले नागरिकसँग हातेमालो गर्ने कार्यक्रमलाई अघि सारेको बताएका थिए ।

समाजसँग प्रहरीको साझेदारीले मात्रै समाजका विकृति र विसंगति समाप्त हुने बताउँदै नायब उपरीक्षक काफ्लेले भविश्यका कर्णधार विद्यार्थीलाई गलत बाटोमा जान नदिनका लागि नेपाल सरकार र प्रहरी संगठनले यस्ता कार्यक्रम ल्याएको बताए । विद्यालय, विद्यार्थी र प्रहरीको सहकार्यले चेतनामुलक सरसफाई र सास्कृतिक कार्यक्रम गर्न सकिने पनि काफ्लेले बताएका थिए ।

हर प्रहर, गाउँ र नगरी

टोल टोलमा नेपाल प्रहरी भन्ने नारा सहित शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको प्रहरी विद्यालय सम्पर्क समिति गठन कार्यक्रमको सभापतिको आसनबाट रत्नराज्य उच्च माविकी प्राचार्य शिक्षासेवी डा गीता सिवाकोटी खरेलले सरकारले प्रहरी र विद्यालय बीचको साझेदारी कार्यक्रम गरेर महायज्ञ गरेको बताइन् ।

अपराधिहरु हाम्रै समाजमा हुने भएकाले अपराध कर्म गर्ने र त्यस्ता शंकास्पद व्यक्तिका बारेमा प्रहरीलाई समयमा सही सूचना नदिएमा पछि पछुताउने सिवाय अर्को विकल्प नहुने खरेलको भनाई रहेको थियो ।

सामुदायिक विद्यालय नबन्दासम्म देश बन्दैन भन्ने कुराको हेक्का राज्य संचालकलाई महसुस हुन लागेको बताउँदै समुदाय प्रहरी साझेदारी अन्तर्गतको सम्पर्क समिति सामुदायिक विद्यालयबाट शुरु गरेकोमा डा खरेलले खुसि व्यक्त गरिन ।

नव गठित प्रहरी विद्यालय सम्पर्क समितिको संयोजकमा डा गीता सिवाकोटी (खरेल) सदस्यमा स्रोत व्यक्ति कृष्णबहादुर विष्ट, अभिभावकका तर्फबाट कविता विश्वकर्मा, सूर्यबहादुर कार्की, विद्यार्थीका तर्फबाट रिता कडेल, सृष्टी लिम्बु, हेमन्त घिमिरे, दोर्जे लामा, शिक्षकबाट सुदर्शन थापा विद्यालय सम्पर्क प्रहरीका तर्फबाट प्रहरी नायब निरीक्षक सुरेन्द्र विक्रम बर्तौला र प्रहरी हवल्दार तारा दयाल सदस्य रहेका छन् । समितिमा आवश्यकता अनुसार बढाउँदै लैजाने संयोजक खरेलले बताइन ।

यसै गरी वृत्तले मंगलबार नै सिद्धेश्वर माध्यमिक विद्यालयमा समेत समिति गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपानेको संयोजकत्वमा गठित समितिमा शिक्षक श्याम श्रेष्ठ, विद्यार्थीबाट अनिभा श्रेष्ठ, हिमाल महतरा, सम्झना चौधरी, सजिव विश्वकर्मा, शिक्षक धुर्वकुमार बस्नेत, शैलेन्द्र ढकाल, अभिभावक वदीका कुमारी काफ्ले, सिता बस्नेत, राम कटुवाल र विद्यालय सम्पर्क प्रहरी प्रहरी नायब निरीक्षक बासुदेव नेपाल सदस्य रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.