नयाँबानेश्वर प्रहरीद्वारा अवैध मदिरामाथि धावा

| 2018 Dec 13 | 09:27 pm 2702

काठमाडौं, मंसिर २७  : अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने टहरा तथा भट्टीमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले आज बिहिबार चेकजाँच गरेको छ ।

विभिन्‍न किसिमको अखाद्य वस्तुको मिसावट गरी उत्पादन गर्ने गरेको उत्पादित मदिराले गरिब जनताको स्वास्थ्यमा अप्रत्यक्ष रुपमा हनी गरिरहेको स्थानीय बासिन्दाको जनगुनासो पछि खानतलासी गरेको वृत्तले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरस्थित भण्डारण गरी राखेको अवस्थामा सोनु राई, सर्मिला लिम्बु, सुनिता गुरुङ र इन्द्रा लिम्बुको भट्टीको टहरा चेकजाँच गरेको बताए ।

प्रहरी टोलीले चेकजाँच गर्दा अखाद्य वस्तुबाट उत्पादित तयारी घरेलु मदिरा चार हजार लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चपदार्थ (जाँड) तीन हजार केजी र बनाउन प्रयोग गरिने भाँडावर्तन असी थान बरामद गरेको प्रहरीले जानकारी दिए ।

बरामद गरेका घरेलु मदिरा, कच्चा पदार्थ र भाँडावर्तन बागमती नदिको किनारामा नष्ट गरिएको बताए । घरेलु मदिरा बनाउन संलग्‍न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा खोटाङ बामराङ १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर बस्‍ने ४३ वर्षीय सोनु राई, ताप्लेजुङ खेजनिम ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर बस्‍ने ४७ बर्ष कि सर्मिला लिम्बु, ताप्लेजुङ खेजनिम ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर बस्‍ने वर्ष ४३ की इन्द्रा लिम्बु र खोटाङ च्यानडाँडा ३ घर भई हाल सोही स्थान बस्‍ने ३५ वर्षीया सुनिता गुरुङ रहेका छन् । उनीहरुलाई अवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.