काठमाडौँ, साउन १० । लघुवित्त पीडितले आफ्ना विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ ।
केहि दिन यता लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले काठमाडाैंमा आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आन्दोलित भएका हुन ।