बाढी पीडितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री देउवा प्रदेश १ मा

| 2021 Oct 24 | 10:28 am 2109

काठमाडौँ कत्तिक ०७ : अविरल वर्षाका कारण आएको वाढी र पहिरोबाट पीडितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ जाने भएका छन्। प्रधानमन्त्री देउवा बिहान ८ बजे गएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा हालको अवस्थाको अवलोकन गर्ने छन्। त्यस्तै उनले चारै जिल्लाका पीडितहरूसँग भेटघाट समेत गर्ने बताइएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाढीले पुर्‍याएको असरको अवलोकन गरेर यसअघि उनी फर्किएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.