बाढीले बगाएर एकको मृत्यू, दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्वार

| 2022 Jun 20 | 09:02 pm 113

सुनसरी, असार ६ः जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्वार गरेको छ ।धरानबाट चतारातर्फ जाँदै गरको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ बर्षिया ईस्थिविना राईको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु राईलाई सकुशल उद्धार गरेको छ भने गम्भिर घाईते भएकी रसुवा जिल्लाको गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई उद्धार पश्चात तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरुको उद्वार कार्यमा जुटेको थियो ।

सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो ठाउँबाट निकाली ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको छ ।

औषधी बरामद
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित सुल्तानपुरबाट सशस्त्र प्रहरीले करीव २ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।

 किराना सामान बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.