काठमाडौं, असार ३०: लगातार तीन दिनसम्म परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या आधिकारीक रूपमा ६५ जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरूष गरेर ६५ जनाको बाढीपहिरोमा परि मृत्यु भएको र मृतक ६५ मध्ये ४८ जनाको सनाखत भइसकेको हाे ।
यस्तै बेपत्ता हुनेमा अहिलेसम्म ३० जना, घाइते हुनेमा ३८ जना रहेका छन् । जसमा घाइते मध्ये १७ महिला र २१ पुरुष छन् ।
सुरक्षा निकायले हालसम्म एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिए । डुबानका कारण विशेषगरी मध्य तराईको जनजीवन अत्याधिक प्रभावित भएको छ ।
डुबान प्रभावित क्षेत्रमा विभिन्न निकायद्वारा राहत वितरण गर्न समेत सुरु गरिएको छ ।
