थम बहादुर फगामी मगर
काठमाडौं २२ असार । शुक्रबार रातिबाट माथिल्लो तामाकोशी नदीको जल सतकर्ताको तह नाघेपछि माथिल्लो तामाकोशीको उत्पादन बन्द भएको छ । जलविद्युत केन्द्रको उत्पादन बन्द गरिएको हो । बाढीका कारण तामाकोशीको उत्पादन बन्द भएको हो।
शुक्रबार राति तामाकोशी नदीको बहाब २ सय ८५ घनमिटर मापन भएको थियो । तामाकोशीको बाँधस्थल भन्दा माथिल्लो क्षेत्रका जुम खोला र लप्ची खोलाले कतै थुनिएर शुक्रबार रातिबाट बाढी आएको अनुमान केन्द्रले गरेको छ ।
बाढीका कारण तामाकोशीको बाँधस्थलका सबै ढोका खोलिएका छन् । तामाकोशीमा बाढी आएसँगै विधुतगृह रहेको गोगरमा सडक, विद्युत केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रशारण लाईनका विद्युतका पोलहरुमा क्षति पुगेको जनाईएको छ।