बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

| 2023 Jan 24 | 03:38 pm 213

बैतडी, माघ १०ः बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिए।

उनका अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.