बाजुरामा ५.२ म्याग्निच्यूडकाे भुकम्प धक्का महसुस

| 2023 Feb 22 | 03:16 pm 985

हुम्ला, फागुन १०ः सुदूरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

दुई पटक भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बिछ्यामा भूकम्प गएको हो । भूकम्पको क्षतिबारे अहिलेसम्म जानकारी नआएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.