काठमाडौं, कात्तिक १: बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी भएको अभियोगमा लामालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
त्यस्तै काठमाडौंका विभिन्न स्थान स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेका छन् । महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको बुझिएको छ ।
जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाए ।