बाँके, असोज १६ः पाटे बाघले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा केही मान्छेलाई घेरेको छ । जंगलमा गाेठालाे गर्न गएका ती स्थानीयलाई बाघले घेरेको हो । बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउनरुखमा चढिरहेको स्थानीय वासिन्दा चन्दा लामाले जानकारी दिए। ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’– लामाले भने ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए।
गाेठालाे गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसवारे बुझ्ने कम भइरहेको पनि उनले बताए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले यस विषयमा केही जानकारी स्थानीयबाट आएकोले सो बारेमा बुझ्न र रुखमा चढेका मानिसको उद्धार गर्न निर्देशन दिईसकेको जानकारी दिए ।