बाघको छालासहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 07 | 02:55 pm 1668

काठमाडौं, वैशाख २४ :  प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षीय गोबिन्दसिहं महरा रहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.